0
प्रतिक्रिया
पोखरा । दोस्रो महानगर स्तरीय स्काउट क्याम्प विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
तालिमका सहभागीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दीक्षित गरेका थिए।
विपद् प्रतिकार्य, उद्धार, राहत तथा व्यवस्थापनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए ।
विपद्मा वेला सेवामा खटिन सहभागीहरूलाई उनले आग्रह समेत गरे।
स्थानीय स्काउट पोखरा मनपा समिति प्रमुख आयुक्त किसान भण्डारीको अध्यक्षतामा भएको तालिम वैशाख १२ देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।
Copyright © 2024 | All rights reserved.