जेठ ०२, २०८३, शनिबार

फिर्के खोला र फेवाताल संरक्षणबारे महानगरको चासो


Advertisement Image
clock icon 1 hour, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका सल्लाहकार परिषद् बैठक सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष आनन्दराज मुल्मीको अध्यक्षतामा बसेको बैठकले महानगरपालिकाका गतिविधिहरू, फिर्के खोला तथा फेवातालको मापदण्ड कार्यान्वयन, पोखरा बसपार्क, पोखरा सभागृह, फोहोर प्रशोधन केन्द्र निर्माण, सार्वजनिक जग्गाको संरक्षण, सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरुको व्यवस्थापन लगायतका विषयहरूमा छलफल भएको छ ।

बैठकमा नगर प्रमुख धनराज आचार्यले उल्लेखित विषयहरूमा हालसम्म महानगरपालिकाले गरेको काम कारबाहीका सन्दर्भमा जानकारी गराएका थिए।

बैठकमा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललगायत सल्लाहकार परिषद्का विज्ञ सदस्यहरूको सहभागिता रहेको थियो ।

Copyright © 2024 | All rights reserved.