साउन ३०, २०८३, शनिबार

पोखरा घर उद्घाटन, साहित्यदेखि पर्यटनसम्मका गतिविधि एउटै केन्द्रबाट सञ्चालन हुने


Advertisement Image
clock icon 1 hour, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटनसँग सम्बन्धित गतिविधिलाई एकै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय केन्द्र ‘पोखरा घर’को उद्घाटन गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार एक समारोहबीच पोखरा घरको उद्घाटन गरेका हुन्।

पोखरा घरमा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, आर्ट ग्यालरी, टिकट काउन्टर, स्नानघर, शौचालय र घण्टाघरलगायतका संरचना व्यवस्थापन गरिएको छ।

उद्घाटन कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, सल्लाहकार परिषद्का अध्यक्ष आनन्दराज मुल्मी, विभिन्न राजनीतिक दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगीलगायतको उपस्थिति थियो।

त्यस्तै, वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित महानगरका वडा अध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा प्रमुख, कर्मचारी, विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, जग्गादाता र अन्य सरोकारवालाको कार्यक्रममा सहभागिता रहेको थियो।

पोखरा घरलाई पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटनसम्बन्धी गतिविधिको संरक्षण र प्रवर्द्धन गर्ने साझा केन्द्रका रूपमा विकास गर्ने महानगरपालिकाको लक्ष्य छ।

Copyright © 2024 | All rights reserved.