असार २१, २०८३, आइतबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलाको ५०० र चाँदीको ४५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो।

यता, सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार ८५ रुपैयाँ पुगेको छ ।

Copyright © 2024 | All rights reserved.