0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ घट्दा चाँदीको बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा नौ सय रुपैयाँ घट्दा चाँदीको १० रुपैयाँ बढेको छ ।
सुनको भाउ आइतबार एकै दिन तोलामा आठ हजार दुई सय रुपैयाँ घटेको थियो ।
मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख आठ सय रुपैयाँ रहेको थियो ।
यता, आइतबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर चार हजार नौ सय पाँच रुपैयाँ पुगेको छ ।
Copyright © 2024 | All rights reserved.