साउन १०, २०८३, आइतबार

तोलामा ५१ सय घट्यो सुनको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा पाँच हजार एक सय र चाँदीको ९० रुपैयाँ घटेको हो।

बुधबार पनि सुनको भाउ तोलामा १० हजार एक सय र चाँदीको एक सय ८५ रुपैयाँ घटेको थियो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ रहेको थियो।

यता, बुधबार प्रतितोला चार हजार सात सय ४० रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार छ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

Copyright © 2024 | All rights reserved.