साउन ११, २०८३, सोमबार

विश्वकप २०२६ को पहिलो गोलकर्ता बने मेक्सिकोका क्विनोनेस


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । मेक्सिकोका फरवार्ड जुलियन क्विनोनेस फिफा विश्वकप २०२६ को पहिलो गोल गर्ने खेलाडी बनेका छन्।

शुक्रबार राति भएको विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाविरुद्ध उनले प्रतियोगिताको पहिलो गोल गरेका हुन्।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा जारी समूह ‘ए’ अन्तर्गतको खेलको नवौं मिनेटमा क्विनोनेसले घरेलु टोलीलाई अग्रता दिलाए।

दक्षिण अफ्रिकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै उनले पेनाल्टी क्षेत्रको किनाराबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

क्विनोनेसको गोलसँगै मेक्सिकोले विश्वकप २०२६ मा पहिलो गोल गर्ने टोलीको कीर्तिमानसमेत बनाएको छ।

घरेलु समर्थकले भरिएको एज्टेका रंगशालामा उनको प्रारम्भिक गोलले मेक्सिकोलाई उत्कृष्ट सुरुआत दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.