जेठ २९, २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 hours, 12 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार तीन सय र चाँदीको एक सय ९० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ रहेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार छ सय ५० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर प्रतितोला चार हजार आठ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.