0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिका-२७ स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित भएका छन्। संस्थाको छैटौं अधिवेशनअन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा शर्माले ४० मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व सुरक्षित गरेका हुन्।
निर्वाचन समितिका अनुसार शर्माका निकटतम प्रतिस्पर्धी पुष्पकमल ढुंगानाले ३८ मत प्राप्त गरे भने अर्की उम्मेदवार नारायणी भट्टराई रक्षाले ३७ मत ल्याइन्। अध्यक्ष पदका लागि भएको त्रिपक्षीय प्रतिस्पर्धामा कुल १२२ मत खसेको थियो, जसमध्ये ८ मत बदर भएका थिए।
अध्यक्ष चयनका लागि अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। निर्वाचित शर्माको यो दोस्रो कार्यकाल हो । ढुंगाना उपाध्यक्ष र रक्षा सचिवको जिम्मेवारीमा रहेका थिए।
अध्यक्षबाहेक अन्य सबै पदमा भने कार्यसमिति सर्वसम्मत चयन भएको छ।
खुला सदस्यमा डम्मरबहादुर थापा, मेघराज भण्डारी, भरत न्यौपाने, मुकुन्द घिमिरे, सूर्यनाथ भण्डारी र टिकाराम भुर्तेल चयन भएका छन्। महिला सदस्यमा विमला कुमारी थापा बस्नेत, पार्वती अधिकारी पौडेल र राधा सापकोटा निर्वाचित भएका छन्।
Copyright © 2024 | All rights reserved.