0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुरू भएको छ।
समीक्षा कार्यक्रमको पहिलो दिन बिहीबार महानगरपालिकाअन्तर्गतका वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ।
शुक्रबार महानगरपालिकाका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिने जनाइएको छ।
समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नागरिक सेवालाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणका कामलाई थप तीव्रता दिन वडा सचिवहरूलाई निर्देशन दिए।
प्रमुख आचार्यले वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका आधारभूत निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयहरूको सेवा प्रवाहलाई थप सशक्त बनाउँदै सुशासन प्रवर्द्धन र परिणाममुखी कार्यसम्पादनमा जोड दिइन्।
नागरिकले स्थानीय सरकारको अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
समीक्षा कार्यक्रममा विभिन्न वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा वडाबाट सम्पन्न विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक कार्य तथा अन्य कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रस्तुत प्रगति, उपलब्धि, समस्या तथा आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।
Copyright © 2024 | All rights reserved.