असार १४, २०८३, आइतबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 hour, 28 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा चार हजार सात सय र चाँदीको एक सय ४५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आइतबार छापावाल सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, गत शुक्रबार प्रतितोला चार हजार एक सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर चार हजार तीन सय २५ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.