साउन २६, २०८३, मंगलबार

सुनको मूल्यमा भारी वृद्धि


Advertisement Image
clock icon 1 hour, 33 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा छ हजार चार सय र चाँदीको एकसय १० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख सात हजार नौसुन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ रहेको थियो ।

गत मंगलबार अर्थात भदौ १९ गते सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि लगातार वृद्धि हुँदै एक सातामा सुनको भाउ तोलामा २४ हजार एक सय बढेको हो ।

यता, सोमबार प्रतितोला चार हजार छ सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार सात सय ८० रुपैयाँ पुगेको छ।

Copyright © 2024 | All rights reserved.