0
प्रतिक्रिया
काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।
आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार चार सय र चाँदीको १५ रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
Copyright © 2024 | All rights reserved.