0
प्रतिक्रिया
काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा छ हजार दुई सय र चाँदीको एक सय ८० रुपैयाँ बढेको हो
मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ रहेको थियो ।
यता, बुधबार प्रतितोला चार हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार चार सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.