असार १८, २०८३, बिहीबार

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीको दोस्रो अधिवेशन पोखरामा हुने


Advertisement Image
clock icon 3 hours, 3 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आगामी असार २० गते शनिबार पोखरामा आयोजना गर्ने भएको छ।

कार्यक्रम पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित साईमन पार्टी प्यालेसमा हुनेछ। अधिवेशनको पूर्वसन्ध्यामा सिमलचौरस्थित पशुपति मन्दिर परिसरबाट सांस्कृतिक र्याली निकालिनेछ, जुन सिर्जनाचोक हुँदै कार्यक्रमस्थलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ।

कार्यक्रम उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गर्नेछन्। अधिवेशन खुला सत्र र बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।

वि.सं. २०६७ मा स्थापना भएको प्रतिष्ठानले पछिल्लो तीन वर्षको अवधिमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा संगठन विस्तार गर्नुका साथै भजन चुड्का तालिम कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।

प्रतिष्ठानको गण्डकी प्रदेश समितिमा हाल अध्यक्ष बसन्त बास्तोला, केन्द्रीय अध्यक्ष नारायण खनाल ‘लेकाली’, संस्थापक अध्यक्ष प्राज्ञ प्रजापति पराजुली तथा प्रदेश महासचिव लेखनाथ तिवारीलगायतको नेतृत्व रहेको छ।

प्रतिष्ठानका महासचिव लेखनाथ तिवारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब ३०० प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। सांस्कृतिक र्यालीमा पञ्चेबाजा, भजन समूह, महिला समूह तथा विभिन्न अतिथिहरूको सहभागिता रहनेछ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, भागवत भास्कर पण्डित कमलनयन गौतम, प्राज्ञ हरिदेवी कोइराला, साहित्यकार तीर्थ श्रेष्ठ, समाजसेवी चन्द्रकान्त बराल, गणेशबहादुर श्रेष्ठ, प्रेमबहादुर जीसीलगायत धार्मिक, साहित्यिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ।

Copyright © 2024 | All rights reserved.