जेठ १३, २०८३, बुधबार

सुनको भाउ बढ्दा चाँदीको घट्यो


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ चाँदीको घटेको छ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा एक हजार तीन सय बढ्दा चाँदीको १० रुपैयाँ घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला तीन लाख १३ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँ रहेको सुनको भाउ पछिल्लो तीन दिनमा १० हजार एक सय रुपैयाँ बढेको हो।

यता, सोमबार प्रतितोला पाँच हजार पाँच सय ९५ रुपैयाँ रहेको असली चाँदीको भाउ घटेर मंगलबार पाँच हजार पाँच सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.