असार २६, २०८३, शुक्रबार

रामघाटमा सर्यो रामबजार प्रहरी


Advertisement Image
clock icon 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । वडा प्रहरी कार्यालय रामबजार आफ्नै नयाँ भवनमा सरेर सेवा सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यसअघि पोखरा महानगरपालिका-१५ रामबजारस्थित कार्यालयबाट सेवा प्रवाह गर्दै आएको वडा प्रहरी कार्यालय अब पोखरा महानगरपालिका-१० रामघाटस्थित आफ्नै नवनिर्मित भवनबाट सञ्चालनमा आएको हो।

प्रहरीले जारी गरेको सूचनाअनुसार २०८३ साल असार २४ गतेदेखि कार्यालयको सम्पूर्ण प्रशासनिक तथा सेवामूलक कामकाज रामघाटस्थित नयाँ भवनबाट भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पूर्ण सेवाग्राहीलाई आवश्यक प्रहरी सेवा लिन अब रामघाटस्थित वडा प्रहरी कार्यालयमै सम्पर्क गर्न अनुरोध गरेको छ।

नयाँ भवनबाट सेवा सञ्चालन भएसँगै सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

Copyright © 2024 | All rights reserved.