0
प्रतिक्रिया
पोखरा । पोखराको पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमिक रूपमा अगाडि बढेको छ।
बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन महानगरपालिकालाई बुझाएको हो।
समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले ६२७ पृष्ठको विस्तृत प्रतिवेदन महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका छन।
प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले यसलाई महत्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरिएको बताउँदै आवश्यक अध्ययन र विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिए।
उहाँले आधुनिक बसपार्क निर्माणलाई पारदर्शी, व्यवस्थित र कानुनी प्रक्रियाअनुसार अगाडि बढाइने उल्लेख गर्दै बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे।
महानगरपालिकाले आधुनिक बसपार्क निर्माणलाई पोखराको सार्वजनिक यातायात व्यवस्थापन सुधार गर्ने दीर्घकालीन योजनाका रूपमा अघि बढाएको जनाएको छ।
Copyright © 2024 | All rights reserved.