0
प्रतिक्रिया
काठमाडौँ । गायिका तथा सर्जक चन्द्रावती अधिकारी वाग्लेको नयाँ असारे गीत ‘छोपेछ बर्खाले’ सार्वजनिक भएको छ।
असार महिनाको मौलिक परिवेश, वर्षा र ग्रामीण जीवनको भाव समेटिएको यस गीतमा शब्द, स्वर र लय स्वयं चन्द्रावती अधिकारी वाग्लेको रहेको छ।
गीतको एरेन्ज तथा मिक्सिङ दिवस थापा मगरले गरेका हुन्। बाँसुरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सन्दीप आचार्यले छायांकन, सुवास अम्गाईले सम्पादन तथा बसन्त चालिसेले निर्देशन गरेका छन्।
गीत निर्माणमा तीर्थराज वाग्ले, मैया देवी वाग्ले, विद्या पौडेल, ज्योति के.सी. र चित्रा अधिकारीले विशेष सहयोग गरेका छन्।
असारे मौसम र नेपाली ग्रामीण संस्कृतिको झल्को दिने यो गीतले मौलिक लोकसङ्गीतप्रेमी दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
Copyright © 2024 | All rights reserved.