असार ०३, २०८३, बुधबार

आज देशभर मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ।

साथै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभाग नजिक सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी भूभागमा बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

साथै बाँकी तराई क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

Copyright © 2024 | All rights reserved.