0
प्रतिक्रिया
पोखरा। पोखरामा शुक्रबार सडक दुर्घटना हुँदा एक किशोरको ज्यान गएको छ ।
मृत्यु हुनेमा म्याग्दी रंघुगंगा घर भइ हाल पोखराको विजयपुर बस्दै आएका १७ वर्षीय संयोग भण्डारी छन्।
पोखरा महानगरपालिका वडा नं १४ अनुपमटोलमा ग१ज ९९३ नम्बरको ट्याक्सीले ग१५प ५०५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए।
भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.