0
प्रतिक्रिया
पोखरा । शैक्षिक गुणस्तर, अनुशासन, उत्कृष्ट नतिजा तथा अतिरिक्त क्रियाकलापमा निरन्तर सफलता हासिल गर्दै आएको न्यू ग्यालेक्सी माध्यमिक विद्यालय अहिले पोखराको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ।
वि.सं. २०५१ सालमा स्थापना भएको विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
पोखराको नदीपुर क्षेत्रमा अवस्थित यस विद्यालयमा हाल करिब ११०० विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयले कक्षा–११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल व्यवस्थापन जस्ता समयसापेक्ष र व्यावसायिक विषयहरूमा पठनपाठन सञ्चालन गर्दै आएको छ।
दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाको मार्गदर्शन, आधुनिक शिक्षण प्रणाली तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले एम.वि.वि.एस., वि.डि.एस., वि.वि.ए., वि.एच.एम. लगायत विभिन्न प्रतिष्ठित विषयहरूमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।
यसका साथै गण्डकी प्रदेश टप, कास्की जिल्ला टप लगायतका उपलब्धिहरू हासिल गर्दै विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।
शिक्षामा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। हिसान स्पोर्ट्स, एनप्याब्सन लगायत विभिन्न अन्तरविद्यालय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गरेको छ।
विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक, नैतिक, सामाजिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको छ।
विद्यालय प्रशासनका अनुसार शैक्षिक सत्र–२०८३ का लागि कक्षा–११ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, टुरिजम तथा होटल व्यवस्थापन विषयमा भर्ना प्रक्रिया खुला गरिएको छ।
उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक टोली तथा अनुशासित वातावरणका कारण पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा न्यू ग्यालेक्सी माध्यमिक विद्यालय पर्न सफल भएको विद्यालयले जनाएको छ।
Copyright © 2024 | All rights reserved.