साउन ३०, २०८३, शनिबार

पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यद्वारा सपथ ग्रहण


Advertisement Image
clock icon 1 hour, 57 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिष्ठानकी कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’लाई पोखरा महानगरपालिकाका प्रमुख एवं प्रतिष्ठानका प्रमुख संरक्षक धनराज आचार्यले सपथ गराएका हुन्।

त्यसपछि उपकुलपति, सदस्य-सचिव, प्रज्ञा परिषद् तथा प्रज्ञा सभा सदस्यहरूलाई कुलपति प्रतीक्षाले सपथ गराएकी हुन्।

प्रतिष्ठानको नेतृत्वमा भाषा तथा साहित्य क्षेत्रबाट कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’, कला तथा साहित्यबाट उपकुलपति तिलक पुर्जा पुन मगर तथा लोकगीत तथा सङ्गीत क्षेत्रबाट सदस्य-सचिव जीवन दाहाल छन्।

प्रज्ञा परिषद् सदस्यमा नृत्यतर्फ श्रीजङ्ग गुरुङ, ललितकलातर्फ हरेराम जोजेजु, सङ्गीत तथा वाद्यवादनतर्फ दिलीप गायक तथा रङ्गमञ्च तथा अभिनयतर्फ प्रमिला ताम्राकार तुलाचन छन्।

त्यस्तै, प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल, कृष्णप्रसाद गौतम, गमबहादुर परियार, ज्योति गुरुङ, नवराज अधिकारी, प्रेमराज अधिकारी, भास्करध्वज श्रेष्ठ, रविन्द्र माकाजु, रीता पहारी र शिवहरि ढुङ्गाना छन्।

सपथ ग्रहणसँगै नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पोखरा घरस्थित प्रतिष्ठानको कार्यालयमा पदभारसमेत ग्रहण गरेका छन्।

उनीहरूले पोखराको मौलिक कला, साहित्य, भाषा, सङ्गीत र संस्कृतिको संरक्षण गर्दै स्थानीय सिर्जनशीलतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखराको भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति तथा सिर्जनात्मक क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा प्रतिष्ठानले थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख आचार्यले विभिन्न विधाका सर्जक, कलाकार तथा साहित्यकारलाई एउटै संस्थागत संरचनामा जोड्दै पोखराको प्राज्ञिक तथा सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Copyright © 2024 | All rights reserved.