साउन १७, २०८३, आइतबार

पोखरामा नौ जना जुवाडे रंगेहात पक्राउ, ९१ हजार नगद बरामद


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका-१४ नयाँ विमानस्थल क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९१ हजार पाँच सय ३५ रुपैयाँ नगद र एक हजार ८३ पत्ति तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका नौ जनाविरुद्ध जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जुवातास खेल्ने तथा खेलाउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने बताएका छन्।

Copyright © 2024 | All rights reserved.