असार ०८, २०८३, सोमबार

पोखरा-२६ द्वारा इलाका प्रशासन कार्यालय लेखनाथलाई कम्प्यूटर र प्रिन्टर हस्तान्तरण


Advertisement Image
clock icon 1 hour, 36 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका-२६ ले इलाका प्रशासन कार्यालय लेखनाथलाई एक थान कम्प्यूटर, एक थान प्रिन्टर र एक थान युपीएस हस्तान्तरण गरेको छ।

वडाध्यक्ष नरेन्द्र थापा नेतृत्वको टोलीले इलाका प्रशासन कार्यालयका प्रमुख गुरुप्रसाद ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

प्रशासनको सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको वडाध्यक्ष थापाले बताए।

जेन-जी आन्दोलनका क्रममा इलाका प्रशासन कार्यालयका सबै सामग्री जलेर नष्ट भएका थिए, जसका कारण प्रशासनको कामकार्बाहीमा समस्या भएको थियो ।

वडा कार्यालयले उपलब्ध गराएको कम्प्यूटर, प्रिन्टर र युपीएसले प्रशासन कार्यालयको दैनिक कार्यसम्पादनमा सहजता पुग्नुका साथै सेवाग्राहीले छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको वडा सदस्य सुदीपराज ढुंगानाले जानकारी दिए।

Copyright © 2024 | All rights reserved.