0
प्रतिक्रिया
पोखरा। कास्की प्रहरीले लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन २० गते अपराह्न करिब ४ बजे पोखरा महानगरपालिका-८ सृजनाचोक क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले भारतको मोतिहारी, पूर्वी चम्पारण स्थायी घर भई हाल पोखरा–८ सृजनाचोकमा मण्डल खाजा घर सञ्चालन गर्दै आएका ४० वर्षीय चन्देश्वर महतोको पसलबाट डिजिटल तराजुमा तौल गर्दा १४०.७७ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी लागूऔषध बरामद गर्नुका साथै महतोलाई पक्राउ गरेको हो।
प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Copyright © 2024 | All rights reserved.