असार ०९, २०८३, मंगलबार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, युवती गम्भीर घाइते


Advertisement Image
clock icon 2 hours, 57 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखराको बुलौँदी ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक युवती घाइते भएकी छन्।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका २३ वर्षीय विवश मल्ल ठकुरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीलाई उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार सिन्धुलीको कमलामाई नगरपालिकावडा नं ९ घर भई हाल काठमाडौँको मूलपानी बस्दै आएकी १७ वर्षीया रविना ढुङ्गेल गम्भीर घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमै उनको उपचार भइरहेको छ।

पोखरा महानगरपालिका-६ बुलौदीस्थित शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।

शनिबार राति करिब ११ बजे हल्लनचोकबाट जिरोतर्फ आउने क्रममा ग९प ९४२५ नम्बरको मोटरसाइकल चालकले अनियन्त्रित भइ सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copyright © 2024 | All rights reserved.