असार १७, २०८३, बुधबार

सुकुम्बासी व्यवस्थापनपछि मात्र बकसपार्क क्षेत्र खाली गराइने : पोखरा महानगर


Advertisement Image
clock icon 1 hour, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले बकसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीहरूको उचित व्यवस्थापन गरेपछि मात्र उक्त क्षेत्र खाली गराइने जनाएको छ।

महानगरले बकसपार्क क्षेत्रमा रहेका सुकुम्बासीहरूको पछिल्लो अवस्था, लगत संकलन तथा प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

नगर प्रमुख धनराज आचार्यका अनुसार सुकुम्बासी व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

उनले पहिलो चरणमा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूको व्यवस्थापन गरिने जानकारी दिए।

त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी बकसपार्क क्षेत्र खाली गरिने महानगरको योजना रहेको छ।

नगर प्रमुख आचार्यले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस विषयलाई राजनीतिक दाउपेचको रूपमा नलिन आग्रह गरे।

साझा समस्याको समाधानका लागि सबै सरोकारवाला पक्षबाट आवश्यक सहयोग र सहजीकरण हुनुपर्ने उनको भनाइ छ।

Copyright © 2024 | All rights reserved.