असार ३१, २०८३, बुधबार

सुनचाँदीकाे भाउ घट्यो


Advertisement Image
clock icon 1 day, 17 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको एक सय रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला चार हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.