असार ३१, २०८३, बुधबार

पोखराका २०२ प्रशिक्षार्थीलाई सीपको प्रमाणपत्र, आत्मनिर्भर बन्न महानगर प्रमुख आचार्यको आह्वान


Advertisement Image
clock icon 1 day, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत विभिन्न सीपमूलक तालिम सफलतापूर्वक पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्र वितरण गरिएको छ।

महानगर प्रमुख धनराज आचार्यले मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिष्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न र उद्यमशीलता विकासमा लाग्न आग्रह गरे।

महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत नियमित रूपमा सीप विकास, रोजगारी प्रवर्द्धन तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ४६२ जनाले विभिन्न सीपमूलक तालिम लिएका छन् भने ३ सयभन्दा बढीले क्षमता विकाससम्बन्धी तालिम प्राप्त गरेका छन्। हालसम्म केन्द्रबाट हजारौं नागरिकले ज्ञान, सीप तथा स्वरोजगारमुखी क्षमता विकासका अवसर प्राप्त गरिसकेका छन्।

प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख आचार्यले केन्द्रबाट तालिम लिएका अधिकांश प्रशिक्षार्थीले आफ्नै व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बनेको र स्वदेश तथा विदेशमा रोजगारीका अवसरसमेत प्राप्त गरेको उल्लेख गरे। उनले आगामी दिनमा पनि युवालाई सीप, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

Copyright © 2024 | All rights reserved.