बैशाख २७, २०८३, आइतबार

कांग्रेसका अजयबाबुलाई स्वतन्त्र उम्मेद्वार महेन्द्रको समर्थन


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

दोलखा। जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेद्वार महेन्द्र खड्काले आफ्नो उम्मेद्वारी फिर्ता लिएको जनाएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेद्वार बनेका उनले नेपाली कांग्रेसका उम्मेद्वार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेद्वारी स्थगन गरेको घोषणा गरेका हुन् ।

आइतबार तामाकोशी-४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेद्वारी फिर्ताको घोषणा गरे ।

उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेद्वार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो।

मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

उम्मेद्वारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

उनले भावनामा बहकिएर भन्दा पनि नतिजा दिने नेतृत्वलाई साथ दिनु आजको आवश्यकता रहेको बताए। शिवाकोटी जस्तो बौद्धिक र जुझारु नेतृत्वले दोलखाको आवाज संसदमा बुलन्द पार्ने उनको ठम्याइ छ। 

उनले उम्मेद्वारी फिर्ताको घोषणा गरे पनि मतपत्रमा भने उनको नाम पनि देखिने छ। किनकि निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता लिन दिएको समय सकिइसकेको छ । 

खड्काले आफूलाई मत नदिइ अब अजयबाबु शिवाकोटीलाई मत दिनसमेत आग्रह गरेका छन् । 

Copyright © 2024 | All rights reserved.