0
प्रतिक्रिया
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख २१ गते सोमबार, इस्वीसंवत मे ४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको तृतीया तिथि रातिमा ३ः२७ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा बिहानमा ८ः४० बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ४२ घटि ०४ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५ पला अर्थात १३ घण्टा १६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ९ः१६ बजे र अस्ताउने समय भोलि बिहान ६ः३९ बजे रहेको छ ।
आजको राशिफल
मेषः आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईंभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आम्दानीका स्रोतहरू बढ्नेछन्। सेयर बजार वा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना छ। विद्यार्थीहरूका लागि आजको दिन परीक्षा वा प्रतिस्पर्धामा सफल हुने योग रहेको छ।
वृषः आजको दिन सुखद् र फलदायी रहनेछ। भौतिक सुखसुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान–सम्मानमा वृद्धि हुने योग छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन हुनेछ। घरजग्गा वा सवारी खरिदका लागि उपयुक्त दिन रहेको छ । लामो समयदेखि फसेको रकम उठ्ने सम्भावना पनि रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
मिथुनः आज सामाजिक क्षेत्रबाट मान-सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईंका तर्क र विचारलाई समाजले स्वीकार गर्नेछ। आम्दानीका मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ मिल्ने समय छ। घरमा भौतिक वस्तुको किनमेल हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा वा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने योग छ। व्यापारमा नयाँ सम्झौता हुनेछ।
कर्कटः आजको दिन मिश्रित रहनेछ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुनेछ। निर्णय लिँदा हतार नगर्नुहोला । अरूको कुरा सुन्दा आफ्नै विवेक प्रयोग गर्नु होला। खर्च वृद्धि हुनेछ। विलासिताका सामानमा धन खर्च हुने योग छ, त्यसैले बजेट बनाएर चल्नुपर्ने देखिन्छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुरामा विवाद हुन सक्नेछ।
सिंहः आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभव हुनेछ। तीर्थयात्रा वा कुनै परोपकारी कार्यमा संलग्न हुन पाइने अवसर मिल्नेछ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आउन सक्नेछ। कसैलाई तपाईंको हातबाट ऋण वा सापटी दिँदा विचार पु¥याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा सामुहिक कार्यलाई प्राथमिकता दिनुहोला।
कन्याः आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ । खर्चको बाटो पनि खुला रहनेछ। व्यापारमा विशेष गरी सञ्चार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा राम्रो प्रगति हुनेछ। लगानी गर्दा कागजपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईंको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्नेछ।
तुलाः आजको दिनमा न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न आवश्यक छ । केही नयाँ समाचारले हर्षित तुल्याउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि वा सवारी साधनको कारोबारबाट लाभ मिल्नेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। सहकर्मीहरूको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्न सक्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ।
वृश्चिकः आजको दिन अत्यन्त ऊर्जावान दिन रहनेछ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईंको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि यो समय निकै उपयुक्त छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग छ, जसले तपाईंको बैंक मौज्दातमा सुधार ल्याउनेछ। सेयर बजार वा अन्य अल्पकालीन लगानीबाट पनि लाभ मिल्ने सम्भावना रहेको छ।
धनुः आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिनुहोला। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला । हाकिम वा माथिल्लो कर्मचारीसँग सम्बन्धमा केही चिसोपन आउनेछ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट टाढा रहनुहोला।
मकरः आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईंको नम्रता र सहयोगी स्वभावले गर्दा अरूको मन जित्न सकिनेछ। धार्मिक वा आध्यात्मिक यात्राको अवसर मिल्न सक्छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुग्नेछ। उपहार वा चिट्ठा आदिबाट धन लाभ हुने न्यून सम्भावना भए पनि नियमित आम्दानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहेनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति वा स्थान परिवर्तनको योग छ।
कुम्भः आजको दिन कर्मप्रधान रहनेछ। स्वास्थ्य राम्रो रहनेछ । मिहिनेत अनुसारको फल प्राप्त हुनेछ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसायमा विस्तार हुने योग छ। लगानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम वा लाभ मिल्न सक्नेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्।
मीनः आजको दिन केही चुनौतीपूर्ण रहनेछ। काममा ढिलासुस्ती हुनाले मनमा निराशा आउनेछ। धैर्यतापूर्वक काम गर्नुहोला । अरूको कुरामा धेरै नअल्झिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क रहनुहोला। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। ऋण लिने वा दिने काममा जोखिम हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि भने केही लाभ हुनेछ।
Copyright © 2024 | All rights reserved.