बैशाख २१, २०८३, सोमबार

नेपाल उद्योग व्यापार महासघंको उपाध्यक्षमा पोखराका जनकराज पराजुली निर्वाचित


Advertisement Image
clock icon 1 hour, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाल उद्योग व्यापार महासघंको उपाध्यक्षमा पोखराका जनकराज पराजुली निर्वाचित भएका छन् । 

शनिबार र आइतबार नवलपुरको गैडाकोटमा सम्पन्न महासंघको चौथो वार्षिक साधरणसभा तथा दोस्रो राष्ट्रिय महाअधिवेशनले पराजुलीलाई सर्वसम्मत उपाध्यक्षमा निर्वाचित गरेको हो।

महाधिवेशनको उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विश्वनाथ पौडलले गरेका थिए।

पराजुली महासंघको गण्डकी प्रदेश निवर्तमाज अध्यक्षसमेत हुन्।

पराजुली कपडा व्यवसायी एशोसिएशन कास्कीको पूर्वअध्यक्ष हुन् । उनी पोखरा उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थामा सक्रिय छन्।

उपाध्यक्षमा निर्वाचित भएपछि पराजुलीले उद्योगी व्यवसायीको हक, हित र प्रवर्द्धनमा सक्रियतापूर्वक लागिरहने प्रतिवद्धता जनाए ।

महासंघको अध्यक्षमा बुटवलका खेमनारायण पराजुली, वरिष्ठ उपाध्यक्षमा काठमाडौँका यज्ञप्रसाद पन्त र महासचिवमा सुर्खेतका सूर्य थापा निर्वाचित भएका छन्।

नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) नेपालको उद्योगी र व्यवसायीहरूको छाता संस्था हो, जसले लघु, घरेलु, साना, ठूला उद्योग र वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धनमा काम गर्दछ।

यो संस्थाले उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण, अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको व्यावसायिक क्षेत्रको सशक्तिकरण, र सरकारलाई नीति निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको छ।

Copyright © 2024 | All rights reserved.