0
प्रतिक्रिया
पोखरा। नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावका कारण हाल बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा तराईसहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको बताइएको छ ।
Copyright © 2024 | All rights reserved.