बैशाख २७, २०८३, आइतबार

पोखरामा ‘फणीश्वरनाथ रेणु र सात सालको कथा’ माथि परिचर्चा तथा सिर्जना उत्सव


Advertisement Image
clock icon 2 hours, 9 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली लेखक संघ कास्कीको आयोजनामा पोखरामा फणीश्वरनाथ रेणु र ‘सात सालको कथा’ परिचर्चा एवम् सिर्जना उत्सव गरिएको छ । पुस्तकका सम्बन्धमा प्रा.डा.कुशुमाकर न्यौपानेले परिचर्चा गरेका थिए।

कार्यक्रममा न्यौपानेले भारतीय लेखक फणीश्वरनाथ रेणुद्वारा लिखित र तुलसी भट्टराईद्वारा अनुवाद गरिएको सात तालको कथा पुस्तकमा नेपालको २००७ सालको क्रान्तिलाई जीवन्त रुपमा चित्रण गरिएको बताए ।

विपी कोइरालासँग १६ वर्षको उमेरमा नै संगत गरेका फणीश्वरनाथ रेणुुले पुस्तकमा सात सालको आन्दोलनका क्रममा बिराटनगर, झापा, बीरगंज, भैरहवा, नेपालगञ्ज, भोजपुर, इलाम धरान, धनकुटालगायतका जिल्लामा भएका घटनाक्रमलाई रिपोर्ताज (रिपोर्टिङ) शैलीमा प्रस्तुत गरेको उनले जानकारी दिए ।

कार्यक्रमका सभापति एवम् नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल(अथक) ले साहित्यका विविध पक्षलाई उजागर गर्नुुका साथै सिर्जनात्मक कार्यक्रमहरू संघको प्राथमिकतामा रहेको बताए ।

संघका सचिव रोशन तिमल्सिनाले सञ्चालन गरेको कार्यक्रममा गुरुङ चलचित्रका महानायकका रुपमा परिचित ताराबहादुर गुरुङको राष्ट्रियताले ओतप्रोत भएको प्रस्तुति देखाएका थिए।

कार्यक्रममा संघका उपाध्यक्ष चन्द्रवती वाग्ले, लक्ष्मण थापा, वसन्त चालिसे, प्रा.डा चन्द्रबहादुर गुरुङ, धर्मराज अल्पायू, लक्ष्मी थापा, मुक्तिप्रसाद रेग्मी, ढुण्डीराज ज्ञवाली, शंकर ज्ञवाली लगायतले आ आफ्ना रचना वाचन गरेका थिए।
 

Copyright © 2024 | All rights reserved.