0
प्रतिक्रिया
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ ।
यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन् ।
यो गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
सोहीअनुसार उत्तरपुस्तिका परीक्षणलाई छिटो बनाउन परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था मिलाइएको थियो ।
बोर्डले चैत २९ गते परीक्षा सकिएको २९ दिनमै सोमबार राति नतिजा सार्वजनिक गरेको हो ।
यस वर्षको एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।
सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ जना छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए । जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.