असार १३, २०८३, शनिबार

तोलामा ४४ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ। सोमबारको तुलनामा सुनको भाउ तोलामा चार हजार चार सय र चाँदीको तीन सय ५५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै मंगलबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर पाँच हजार छ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.