जेठ ०३, २०८३, आइतबार

फेवा शिक्षा सदनमा निर्वाचनमार्फत विद्यार्थी नेतृत्व चयन


Advertisement Image
clock icon 1 hour, 52 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको गणेशटोलस्थित फेवा शिक्षा सदन सेकेण्डरी स्कुलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । विद्यालयमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा भाइस क्याप्टेन चयन गरिएको हो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटका अनुसार क्याप्टेन र भाइस क्याप्टेन निर्वाचन प्रणालीमार्फत चयन गरिएको हो । निर्वाचनका लागि आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालय ले सहजीकरण गरेको थियो ।

विद्यालयका प्राचार्य अचुत पाण्डेले विद्यार्थीलाई निर्वाचन प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान दिन हरेक वर्ष निर्वाचन गरिँदै आएको बताए ।

निर्वाचनमा कक्षा ४ देखि १० सम्मका करिब ३ सय विद्यार्थी सहभागी भएका थिए । स्कुल क्याप्टेन पदका लागि कक्षा ९ का कृष्टि पौडेल र सुनिश्चित पोखरेलबीच प्रतिस्पर्धा भएको थियो । जसमा कृष्टि पौडेल एक सय २५ मतसहित विजयी भइन् भने सुनिश्चित पोखरेलले ७० मत प्राप्त गरे ।

यस्तै, स्कुल भाइस क्याप्टेन पदमा कक्षा ९ कै अविष्कार पुन एक सय २५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिप्सन परियारले ६९ मत प्राप्त गरेका थिए ।

हाउस क्याप्टेन पदमा कक्षा ९ का आदर्शकुमार दास, करिश्मा रोका, सागर राई र सलिन थापा मगर विजयी भए । उक्त पदका लागि ८ जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यसैगरी भाइस क्याप्टेन पदमा कक्षा १० का आर्यन गुरुङ, अंकित विक, विजय कुमाल र कृति भट्टराई विजयी भएका छन् । यस पदका लागि १० जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको विद्यालयले जनाएको छ ।

निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षक तथा शिक्षिकाले सहजीकरण गरेका थिए ।

Copyright © 2024 | All rights reserved.