जेठ ०३, २०८३, आइतबार

सुनचाँदीको भाउमा भारी गिरावट


Advertisement Image
clock icon 1 hour, 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

ठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा चार हजार पाँच सय र चाँदीको तीन सय ३० रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता, गत शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार घटेर पाँच हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.