जेठ १४, २०८३, बिहीबार

सुनचाँदीको भाउमा भारी गिरावट


Advertisement Image
clock icon 1 hour, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा पाँच हजार पाँच सय र चाँदीको दुई सय १५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यता बुधबार प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.